ईपीएल : लिग चरणको अन्तिम खेलमा काठमाडौँ र भैरहवा भिड्दै « Khabarhub

ईपीएल : लिग चरणको अन्तिम खेलमा काठमाडौँ र भैरहवा भिड्दै


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) लिग चरणको अन्तिम खेलमा काठमाडौँ किङ्स-११ र भैरहवा ग्लाडीयटर्स भिड्ने भएको छ । यी दुई टोलीको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

टियु क्रिकेट मैदानमा हुने खेलमा काठमाडौँलाई प्ले अफ पुग्नका लागि जित्नुको बिकल्प छैन । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । यो टोलीले आजको खेलमा जित निकालेमा चौंथो स्थानमा रहेर प्ले अफमा पुग्नेछ । हार ब्यहोरेमा काठमाडौं प्रतियोगिताबाटै बाहिरिनेछ र ललितपुर प्याट्रीयट्सले प्ले अफमा स्थान बनाउनेछ ।

भैरहवा भने काठमाडौँलाई हराएर क्वालिफायरमा स्थान पक्का गर्न चाहन्छ । भैरहवा यसअघि नै प्ले अफ पुगिसकेको छ । भैरहवा ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : २७ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष