४६ करोड हिनामिना गरेको आरोपमा पूर्वसभासद्सहित १२ जना पक्राउ « Khabarhub

४६ करोड हिनामिना गरेको आरोपमा पूर्वसभासद्सहित १२ जना पक्राउ


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार निक्षेपकर्ताको करिब ४६ करोड हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

ठगी मुद्दाको उजुरीका आधारमा सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ पनि पक्राउ परेका सिआइबीका प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।

पूर्वसभासद्समेत रहेका चर्चित घरजग्गा व्यवसायी तामाङ सहकारीको रकम दुरुपयोग गर्दा केही वर्षयता आर्थिक समस्यामा थिए । उनीमाथि गत वर्षदेखि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गर्दै आएको छ।

उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ५१ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन