कांग्रेस जिल्ला अधिवेशन : दोलखाको सभापतिमा लामा निर्वाचित « Khabarhub

कांग्रेस जिल्ला अधिवेशन : दोलखाको सभापतिमा लामा निर्वाचित


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् ।

चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गरे ।

लामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् भने खड्का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन्।

यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो ।

सभापति शेरबहादुर देउवानिकट अर्का उम्मेदवार रूद्रबहादुर खड्का भने पहिलो चरणबाटै बाहिरिएका थिए।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ९ : ०६ बजे

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको