बैंंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ « Khabarhub

बैंंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई हाल महाराजगञ्ज बस्ने ३० वर्षीय सुजन तामाङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ पुस ६ गतेको फैसलापछि आठ दिन कैद र बिगोबमोजिम रु २० लाख जरिवानापछि फरार रहेका तामाङलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका तामाङले आफ्नो ग्लोबल आइएमई बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ५ : २५ बजे

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा