यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय | Khabarhub Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका,२०७८ स्वीकृतसहित ६ निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ निर्णय गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले बिद्युतिय राहदानीमा उल्लेख हुने सुरक्षा विशेषता (सेक्युरिटिज् फिचर्स)लाई स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

यसैगरी बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ । नेपाल प्रशासन सेवा तर्फ राजपत्राङ्कित बिशिष्ठ श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने र बैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्य पदमा सहन्यायधिवक्ता डा गोपिचन्द्र भट्टलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै बैठकले ऋण असुलीकरणको कानून सदस्य पदमा उपसचिव विष्णु रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले असोज २४ गतेदेखि सुरु हुने असंलग्न आन्दोलनसम्बन्धी बैठकमा सहभागी हुने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको गठन गरेको उनले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ४६ बजे

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति

को हुन् सुशीला कार्की ?

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्।