जितेन्द्रकाे बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक « Khabarhub

जितेन्द्रकाे बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक भएको छ । शिखा बुक्सले प्रकाशन गरेको यो बालकथा सङ्ग्रह च्याप्टर बुक हो । कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्रसहित प्रस्तुत गरिएको छ । सङ्ग्रहमा गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शीर्षकका कथाहरु सङ्ग्रहित छन् ।

पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह सफल रहने कथाकार रसिकको भनाई छ । बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ । कथा सङ्ग्रहको मूल्य १ सय २५ रुपैयाँ रहेको छ ।

कथाका चित्रहरु प्रज्वल थापामगरको रहेको छ भने लेआउट प्रवेश सिन्धुलियको रहेको छ । कथाको सम्पादन साहित्यकार गोपीकृष्ण ढुंगानाले गरेका हुन् ।

रसिकका यसअघि हृदयस्पर्शी छालहरू (गजल सङ्ग्रह –२०६३), तारापुञ्ज (फाँचल सङ्ग्रह –२०६५), एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह –२०७२), काफिया (गजल सङ्ग्रह–२०७३), हावा फल्ने रुख (बालचित्र कथा–२०७३), लज्जावती (उपन्यास –२०७३), एङ्ग्री बर्ड (अंग्रेजी बालकथा सङ्ग्रह –२०७४), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली –२०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी –२०७६), पव्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाई पुस्तक– २०७७) र बेलबहादुरसँग बिहे (बाल चित्रकथा –२०७७) प्रकाशित छन् । रसिकका करिव १ दर्जन गीत गजल समेत रेकर्ड भइ बजारमा आइसकेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : २२ बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न