नेपाल ल्यूव आयल लि.को ३० औं साधारणसभा सम्पन्न « Khabarhub

नेपाल ल्यूव आयल लि.को ३० औं साधारणसभा सम्पन्न


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल ल्यूब आयल लि.को ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हाल विद्यमान कोभिड १९ महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्ध गर्नुको साथै उच्च लाभांश पारित गरेको छ ।

कम्पनीले साधारण सभा मार्फत शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य सेयर धनीहरुको उपस्थिति रहेको थियो। स्वयम् उपस्थितीबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यमबाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरुबीच दूरी कायमका साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सभा सम्पन्न भएको थियो ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीवितरण समेत गर्दछ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ०३ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि