कुवेतमा एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला « Khabarhub

कुवेतमा एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली कामदारको श्रम गन्तब्य रहेको कुवेतले एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला गरेको छ ।

कुवेतको गृह मन्त्रालयका अनुसार अक्टोबर १ देखि नोभेम्बर २ तारिखसम्म आबासीय कानून उल्लङ्घन गर्ने २ हजार १९० आप्रवासी कामदारलाई देश निकाला गरिएको जनाएको छ ।

विदेशी कामदारलाई देश निकाला यो निर्णय त्यहाँका गृहमन्त्री शेख थामेर अल-अलीले लिएका थिए र त्यसपछि गृह मन्त्रालयका उपसचिव लेफ्टिनेन्ट जनरल शेख फैसल अल-नवाफले पछ्याएका थिए।

यसघि कुवेतले विभिन्न समयमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली सहित बिदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सिमित जरिवाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सिममा पनि नफर्किएकाहरु विरुद्ध कडा कदम चल्दै त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

कुवेतले गैरकानूनी रुपमा बसेका बिदेशी कामदार माथि धडपकडको अभियान नै संचालन गरेर आबासीय भिसा अनुमति बिनै लुकीछिपी बसेका हजारौं बिदेशी कामदारलाई पक्राउ गरेको थियो । जेल भरिएको कारण तत्कालका लागि धडपकडको अभियान स्थगित गरिएको जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १२ : ४४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको