अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का « Khabarhub

अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ ।

तालिवानले विदेशी नागरिक बाहेक सर्वसाधारणालाई अन्य मुद्रा प्रयोग नगर्न निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो ।

तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरण र व्यापारीलाई आदेश दिएका थिए । ‘अबदेखि यहाँका सम्पूर्ण नागरिक, व्यापारी, पसले र सर्वसाधरणलाई अफगानी मुद्रामा नै कारोबार गर्न कडा निर्देशन दिएका छौ,’ तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले भनेका थिए ।

अफगान बजारमा अहिले पनि अमेरिकी डलर प्रयोग हुन्छ । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानसँगको व्यापारमा पनि डलरको प्रयोग हुन्छ ।

अफगानिस्तानको कूल खर्चमध्ये दुई तिहाई खर्च विदेशी अनुदानमा सञ्चालित छ । यसै वर्षको सुरुमा अन्तर्राष्ट्रिय मौद्रिक कोष (आइएमएफ) ले अफगानिस्तानको आफ्नो स्रोत साधनमा पहुँच नपुगेको जनाएको थियो । त्यस्तै, विश्व बैंकले देशमा सञ्चालित परियोजनाका लागि रकम रोक्का गरेको थियो ।

गत महिना आइएमएफले देशको अर्थतन्त्र ३० प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको थियो । गिरावटका कारण लाखौं मानिस गरिबीतर्फ धकेलिने र मानवीय संकट उत्पन्न हुने जनाएको थियो ।

तालिवानले अगस्टमा राजधानी काबुल कब्जा गरेपछि अन्तर्राष्ट्रिय दाता अफगानिस्तानमा आर्थिक सहयोग प्रदान गर्न हच्किएका छन् । आर्थिक संकटका कारण त्यहाँ भोकमरीको अवस्था आएको राष्ट्रसंघले बताएको छ । तालिवनले देशबाहिर रहेको ठूलो रकम ‘फ्रिज’ भएको गुनासो गर्दै आएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : १५ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको