युरोप फेरि कोरोना ‘महामारीको केन्द्र’ बन्ने डब्ल्युएचओको चेतावनी « Khabarhub

युरोप फेरि कोरोना ‘महामारीको केन्द्र’ बन्ने डब्ल्युएचओको चेतावनी


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोप फेरि कोरोना भाइरस संक्रमणको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ।

डब्ल्युएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोप आगामी तीन महिनाभित्र महामारीको केन्द्र बनेर सोही अवधिमा ५ लाखसम्म मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

गत हप्ता विश्वमा आधाभन्दा बढी कोरोना संक्रमण तथा आधाजति मृत्यु मध्य एसियासमेत युरोप क्षेत्रमा भएको बताउँदै उनले यसको केन्द्र भने अब युरोप हुने चेतावनी दिएका हुन् ।

‘युरोपका ५३ देशमा देखिएको कोरोना संक्रमणको गति चिन्ताको विषय हो’, क्लुगेले भने, ‘संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका संक्रमण बढ्यो ।’

संक्रमण रोक्न खोप अभियानलाई तीव्रता दिन तथा भौतिक दूरीमा ध्यान दिन उनले अपिलसमेत गरेको बीबीसीले जनाएको छ ।

डब्ल्युएचओका अनुसार कोरोनाले युरोपेली देशमा अहिलेसम्म १४ लाख मानिसको मृत्यु भइसकेको छ।

डब्ल्युएचओका कोभिड-१९ प्राविधिक प्रमुख मरिया भान कर्कोफका अनुसार खोप र सामाग्रीको उपलब्धताका बावजुद पछिल्लो चार सातामा युरोपभरि सङ्क्रमित ५५ प्रतिशतले बढेका छन् । यो तथ्यांक ‘विश्वका लागि चेतावनी’ भएको उनको भनाइ छ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : २० बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ