युरोप फेरि कोरोना ‘महामारीको केन्द्र’ बन्ने डब्ल्युएचओको चेतावनी « Khabarhub

युरोप फेरि कोरोना ‘महामारीको केन्द्र’ बन्ने डब्ल्युएचओको चेतावनी


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोप फेरि कोरोना भाइरस संक्रमणको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ।

डब्ल्युएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोप आगामी तीन महिनाभित्र महामारीको केन्द्र बनेर सोही अवधिमा ५ लाखसम्म मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

गत हप्ता विश्वमा आधाभन्दा बढी कोरोना संक्रमण तथा आधाजति मृत्यु मध्य एसियासमेत युरोप क्षेत्रमा भएको बताउँदै उनले यसको केन्द्र भने अब युरोप हुने चेतावनी दिएका हुन् ।

‘युरोपका ५३ देशमा देखिएको कोरोना संक्रमणको गति चिन्ताको विषय हो’, क्लुगेले भने, ‘संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका संक्रमण बढ्यो ।’

संक्रमण रोक्न खोप अभियानलाई तीव्रता दिन तथा भौतिक दूरीमा ध्यान दिन उनले अपिलसमेत गरेको बीबीसीले जनाएको छ ।

डब्ल्युएचओका अनुसार कोरोनाले युरोपेली देशमा अहिलेसम्म १४ लाख मानिसको मृत्यु भइसकेको छ।

डब्ल्युएचओका कोभिड-१९ प्राविधिक प्रमुख मरिया भान कर्कोफका अनुसार खोप र सामाग्रीको उपलब्धताका बावजुद पछिल्लो चार सातामा युरोपभरि सङ्क्रमित ५५ प्रतिशतले बढेका छन् । यो तथ्यांक ‘विश्वका लागि चेतावनी’ भएको उनको भनाइ छ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : २० बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि