पार्टीको महाधिवेशन मेरो हातमा छैन, तर समयमै हुन्छः देउवा (भिडियोसहित) « Khabarhub

पार्टीको महाधिवेशन मेरो हातमा छैन, तर समयमै हुन्छः देउवा (भिडियोसहित)


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आफ्नो हातमा नभएकाले निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री देउवाले अधिवेशन समयमा हुने भएपनि अधिवेशन पार्टी सभापतिको हातमा नभइ निर्वाचन समितिको हातमा रहेको बताए ।

अधिवेशन आफूले चाहेर पनि नहुने र आफूले भनेर पनि नहुने भन्दै उनले निर्वाचन समितिले कांग्रेसको पार्टी महाधिवेशन समयमै गराउने दाबी गरे । प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुने बताए ।

उनले अहिले पार्टी अधिवेशन आउँदै गरेकोले यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउन र हुँदै नभएमा स्वस्थ प्रतिष्पर्धाबाट सभापति बनाउन निर्देशन दिए ।

अघिवेशनमा जित हार हुने भएकाले हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने भन्दै जित हारमा दुश्मनी नबढाउन आग्रह गरे । प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे ।

त्यस्तै प्रधानमन्त्री देउवाले बेलायतमा मन्त्रीहरुले कोरोना भाइरस विरुद्धको एष्ट्राजेनिकाको खोप तीन पल्ट लगाउनुपर्ने बताएको भन्दै उनले यसअघि खोप लगाएका तथा लगाउन बाँकी सबैले तीन पटक एष्ट्राजेनिकाको खोप लगाउन आग्रह गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  २ : ३१ बजे

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित