नेपाल संवत ११४२ सुरु, अन्तर्राष्ट्रिय मान्यता पाउने प्रधानमन्त्रीको विश्वास « Khabarhub

नेपाल संवत ११४२ सुरु, अन्तर्राष्ट्रिय मान्यता पाउने प्रधानमन्त्रीको विश्वास


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल संवत् ११४२ शुक्रबार सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुआत गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।

नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समूदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । नेपाल सम्वतका अवसरमा काठमाडौँको बसन्तपुरमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल सम्वत राष्ट्रिय सम्वत भएको र यसले अन्तर्राष्ट्रिय मान्यता पाउने विश्वास व्यक्त गरे ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वाःलाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ४ : ४० बजे

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित