जुवा खेलिरहेको अवस्थामा १७ पक्राउ « Khabarhub

जुवा खेलिरहेको अवस्थामा १७ पक्राउ


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा दीपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेँसीसहर नगरपालिका–३ बसौलागाउँमा शुक्रबार कौडा खेल्दै गरेको अवस्थामा रु एक लाख ५६ हजार ५४० सहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

उनका अनुसार प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जुवाडेलाई कुखुराको फार्मबाट पक्राउ गरेको हो । त्यस्तै कौडाका १६ वटा गोटीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने तयारी भए पनि हालसम्म मुद्दा भने दर्ता भइनसकेको र अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ ।

उनका अनुसार उनीहरुलाई केही दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्ने र भाइटीकासमेत प्रहरी चौकीमै लगाउने भएका छन् । पक्राउ परेका उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ५ : २० बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको