साइकोलोजिकल थ्रिलर पुस्तक पढ्दै आर्यन « Khabarhub

साइकोलोजिकल थ्रिलर पुस्तक पढ्दै आर्यन


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान शुक्रबार दिउँसो नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)को मुम्बईस्थित भवनमा पुगेका थिए । क्रुज शिप ड्रग्स मामलामा उनले १४ शर्तमा जमानत पाइसकेका छन् । जमानतको शर्त अनुसार उनी आफ्नो विक्ली अटेण्डेन्सका लागि केन्द्रीय एजेन्सीसमक्ष उपस्थित भएका थिए ।

अक्टोबर ३० मा आर्थर रोड जेलबाट रिहा भएपछि आर्यनको एनसीबी कार्यालयमा यो पहिलो उपस्थिति हो । उनी हातमा एक पुस्तक लिएर एनसीबीको कार्यालय पुगेका थिए । त्यो पुस्तक साइकोलोजिकल थ्रिलर ‘द गर्ल विद द ड्रेगन टेटु’ थियो ।

स्वीडिस लेखक स्टीग लार्सनको यो उपन्यास निकै लोकप्रिय मानिन्छ । यही नामबाट फिल्मकर्मीले फिल्म बनाएका छन् । जुन फिल्ममा ‘जेम्स बोण्ड’ फेम अभिनेता डेनियल क्रेग र अभिनेत्री रुनी माराले अभिनय गरेकी छन् । यो फिल्मले उत्कृष्ट सम्पादन विधामा ओस्कार एवार्ड जितेको थियो । यो फिल्मबाट वेस्ट एक्ट्रेससहित चार अन्य विधाको मनोनयनमा परेको थियो ।

आर्यन यतिबेला पिता शाहरुख खानको फिल्मका लागि सहयोग गरिरहेका छन् । शाहरुख आर्यनसँग उनको आगामी एक्सन फ्लिक फिल्म ‘पठान’मा दृश्यका लागि उनको इनपुट लिइएको थियो । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम देखिँदैछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ५ : ३४ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन