पुटिन र लुकाशेन्द्वारा संघ राज्य एकीकरण आदेशमा हस्ताक्षर « Khabarhub

पुटिन र लुकाशेन्द्वारा संघ राज्य एकीकरण आदेशमा हस्ताक्षर


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बेलारूसी समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले संघ राज्यको एकीकरण अध्यादेशमा हस्ताक्षर गरेको क्रेमलिनले बिहीबार जनाएको छ।

सन् २०२१–२०२३ मा संघ राज्य स्थापना गर्ने सन्धिका प्रावधानहरू कार्यान्वयन गर्ने दिशानिर्देशहरू प्रस्तुत गर्ने सम्बन्धी कागजात युनियन राज्यको सर्वोच्च राज्य परिषद्को अनलाइन बैठकमा हस्ताक्षर गरिएको छ।

सो अवसरमा राष्ट्रपति पुटिनले ‘यी कागजातले समन्वितरूपमा बृहत् आर्थिक रणनीति प्रवर्द्धन गर्न तयार गरिएको २८ क्षेत्रीय संघका कार्यक्रमहरू समेट्दै एकीकृत कर सिद्धान्तहरू लागू गर्ने’ बताएका छन् ।

उनले यस कार्यक्रमबाट ऋण र वित्तीय एवं बैंकिंग क्षेत्रहरूमा, उद्योग र कृषिमा साझा नीति लागू गर्न, एकीकृतरूपमा तेलको व्यवस्थापन मिलाउनका लागि नियमहरू तयार पार्न र ग्यास र बिजुली बजार एवं यातायात सेवाहरूको व्यवस्थापन गर्न सहज हुने बताएका छन् ।

क्षेत्रगत एकीकरण कार्यक्रमहरू सञ्चालन गरेर, रूस र बेलारुसले समान र एकीकृत व्यापार वातावरण सृजना गर्ने राष्ट्रपति पुटिनको भनाइ छ।
त्यसैगरी लुकाशेन्कोले यसलाई ‘संघ निर्माणको बाटोमा अर्को महत्त्वपूर्ण कदम’ भएको बताएका छन्। सिन्ह्वा

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ९ : २० बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण