यो भिडियो शेयर गर्दा अनुपम आलोचकको निशानामा « Khabarhub

यो भिडियो शेयर गर्दा अनुपम आलोचकको निशानामा


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका दिग्गज अभिनेता अनुपम खेरले केही अघि एउटा भिडियो सामाजिक सञ्जालमा शेयर गरेका थिए । भिडियोमा केही बालबालिकाले पुराना डब्बा र घरका पुराना सामानबाट सङ्गीत सामाग्री बनाएर एक सैनिक धुनमा आफ्नो प्रस्तुति दिएका थिए ।

बालबालिकाको कलालाई सम्मान गर्दै अनुपम खेरले सामाजिक सञ्जालमा उक्त भिडियो शेयर त गरे । तर उनले सो भिडियो भारतको दाबी गरेका थिए । जबकि यसको फ्याक्ट चेक गर्दा सो भिडियो भारतको नभई पाकिस्तानको हुन्जा गाउँको रहेको पत्ता लागेको छ । त्यसमाथि भिडियो हालसालैको नभएर सन् २०१४ को रहेको पाइएको छ । यस्तोमा गलत विवरण दिएको भन्दै अनुपम खेरको अहिले आलोचना भएको छ ।

हुन त डिजिटल युगमा कुनै फोटो, भिडियो चर्चामा आउनु र यसबाट प्रभावित भई सामाजिक सञ्जाल प्रयोगकर्ताले यसको शेयर गर्नु अस्वाभाविक होइन । तर अनुपमले पाकिस्तानको भिडियोलाई भारतको भनेपछि उनका आलोचकले उनीप्रति गम्भीरता नभएको आरोप लगाएका छन् ।

यति मात्र होइन, बालबालिकाले सिर्जना गरेका धुन हिन्दी फिल्म जागृतिको चर्चित गीत ‘आओ बच्चों तुम्हें दिखाएं झांकी हिन्दुस्तान की’ भनिएको छ । तर यो धुन हिन्दी फिल्मको नभई पाकिस्तानी फिल्मको गीत ‘आओ बच्चों सैर कराएं तुमको’ पाकिस्तानको हो ।

भिडियोसहित

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ५३ बजे

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री