तीन महिनामै १० अर्बको चाँदी आयात « Khabarhub

तीन महिनामै १० अर्बको चाँदी आयात


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा चाँदी आयात २० गुणाले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज २०७७ सम्ममा ४९ करोड रुपैयाँ बराबरको मात्र चाँदी आयात भएको थियो ।असाेज २०७८ सम्ममा भने नौ अर्ब ९७ करोड रुपैयाँ बराबरको चाँदी भित्रिएको छ ।

असोज २०७६ सम्ममा दुई अर्ब ९९ करोड रुपैयाँ बराबरको चाँदी आयात भएकोमा गत वर्ष कोभिडका कारण आयात केही प्रभावित भएको थियो । तर, यो वर्ष उच्च दरमा चाँदी आयात हुन थालेपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीका लागि टाउको दुखाइको विषय बनेको हो ।

उच्च व्यापारघाटा, घट्दो रेमिट्यान्स तथा विदेशी विनियम सञ्चितीका कारण दबाबमा रहेको नेपाल राष्ट्र बैंकले १३ मंसिरदेखि नै चाँदी आयातमा कडाइ गरिसकेको छ ।

‘अघिल्ला वर्षहरूको तुलनामा चाँदीका आयात केही अस्वभाविक देखिएको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले भने, ‘केही प्रावधानमा कडाइ गरिसकेका छौं, आगामी दिनको आयात हेरेर थप निर्णय गछौं ।’

राष्ट्र बैंकले १३ मंसिरमा निर्देशन जारी गर्दै खुला बजार आयात इजाजत (ओजीएल) व्यवस्थामार्फत् बाणिज्य बैंक तथा व्यवसायीले चाँदी आयात गर्न पाउने र आयात गर्दा प्रति पटक ३५ हजार डलर वा सो बराबरको मात्र सटही सुविधा दिने व्यवस्था गरेको छ । यसैगरी आयातित चाँदी गरगहना र हस्तकलाका सामान निर्माण गर्नका लागि मात्र प्रयोग गर्न सक्नेछन् ।

यसअघि राष्ट्र बैंकले सुन आयात र बिक्रीमा कडाइ गरे पनि चाँदीमा भने खुला छोड्दै आएको हो । चाँदीको अस्वभाविक आयात हुन थालेपछि राष्ट्र बैंकले कडाइ गरेको हो ।

चाँदीको आयात अस्वभाविक भएको व्यवसायीसमेत स्वीकार गर्छन् । ‘हाम्रो आवश्यक्ताभन्दा बढी नै चाँदी आयात भएको देखिएकाले कडाइ गर्न हामीले पनि राष्ट्र बैंकलाई सुझाव दिएका हौं’, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको निर्यात हुँदा कुल वस्तु आयात चार खर्व ७८ अर्ब ५२ करोड पुगेको छ । जसको कारण तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई चार खर्ब १३ अर्ब ४७ करोड पुगेको छ ।

तीन महिनामा रेमिट्यान्स आप्रवाह ७.६ प्रतिशतले कमि आई दुई खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ भने चालु खाता घाटा एक खर्ब ५१ अर्ब ७० करोड पुगेको छ । यसैगरी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमि आई असोज २०७८ सम्ममा १३ खर्व १९ अर्ब ३२ करोड कायम भएको छ ।

अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएपछि राष्ट्र बैंकले विलासी सामनका आयातमा कडाइ गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १२ : ०१ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ