यो वर्ष कोशी टप्पुमा नयाँ प्रजातिका चरा आउने क्रम बढ्दो « Khabarhub

यो वर्ष कोशी टप्पुमा नयाँ प्रजातिका चरा आउने क्रम बढ्दो


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– चराहरूको राजधानी मानिने सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा हिउँद लागेसँगै पाहुना चरा आउन थालेका छन् ।

अक्टोबरदेखि मे महिनासम्म विभिन्न देशबाट पाहुना चरा उचित वासस्थान तथा बच्चा कोरल्नका लागि चराहरू कोशी टप्पु आउने गरेका हुन् । विशेषगरी कोशी टप्पुमा मङ्गोलिया, साईबेरिया, तिब्बत, पूर्वी एसिया लगायतका देशबाट चरा आउने गरेका छन् ।

नेपालमा ८८६ प्रजातिका चरामध्ये कोशी टप्पुमा ५३१ प्रजातिका चराको बसोबास रहेको आरक्ष कार्यलालले बताउँछ । अहिले कोशी टप्पुमा ठूलो जलेवा (ग्रेटर कर्मोनेण्ट), चखेवा (रेडिसियल डक), खोया हाँस (बार हेडेड गुज), राजगरुड, पिंटेल, मलर्ड, बारहेडेड लगायत पाहुना चरा देखिन थालेका छन् ।

हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननको सुरक्षित गन्तव्यको खोजीमा पक्षीहरू यसवर्ष उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धमा बसाइ सर्दै कोशी टप्पुसम्म आउने गर्दछन् ।

एक थरी चराले अन्तर्देशीय सीमाको लामो दूरी पार गर्दै साइबेरियादेखि कसी टप्पुसम्म आउने गर्दछन् भने केही चरा नेपालकै उच्च पहाडी भूभागबाट छोटो दुरीको बसाइ सरी आउने गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय बताउँछ ।

आरक्ष आसपासको क्षेत्रमा बसाइसराइ गरी आउने चरामा हाँस प्रजातिका चखेवा हाँस, खडखडे हाँस, मालत हाँस, सुडसुडिया प्रजातिहरू सिकारी चराहरू साहिबाज सेनबाज जस्ता प्रजाति देखिएका छन् ।

प्रजाति थपिए तर संख्या घट्दो

नयाँ प्रजातिका चराको आवागमन बढे पनि संख्या भने घट्दो रूपमा देखिएको छ । सन् २०१५ मा पाँच हजारभन्दा बढी संख्यामा देखिएको भए पनि अहिले करिब तीन हजार ५०० देखि चार हजारसम्म मात्र चरा आउने गरेको कोशी पंक्षी समाजका अध्यक्ष सञ्जीव आर्चाय बताउँछन् ।

विदेशी मुलुकबाट आउने चरा उचित वासस्थान, पर्याप्त सिमसार क्षेत्र भएकै कारण कोशी आसपास बस्ने गरेको उनको भनाइ छ ।

तर, पछिल्लो समय नयाँ प्रजाति चरा देखापरे पनि सिमसार क्षेत्र सुक्दै जानु, सिकार बढ्दै जानु, हेरचाह कम हुनु जस्ता कारण चराको संख्या भने घट्दै गएको आर्चाय बताउँछन् ।

‘उपयुक्त वासस्थान नदेख्दा र आहाराको अभाव भए चरा अन्त जाने हो । अहिले यहाँ भएको समस्या नै यही हो । यो समस्या यहाँ मात्र हैन अन्य क्षेत्रमा पनि देखिएको छ । यस कारण नेपालमा आउने चरा छिमेकी देश भारततर्फ जाने गरेका छन्’, आर्चाय भन्छन्, ‘स्थानीय सरकार, सङ्घीय सरकार तथा सम्बन्धित् निकायले चासो नदिए यो क्रम अझ घट्ने छ ।’

कोशी टप्पु नेचर गाइड एसोसिएसनका अध्यक्ष कुर्बान मन्सुरी यस क्षेत्रलाई चराले उचित गन्तव्य ठानेर आए पनि हेरचाहका लागि आरक्षले समन्वय गर्न नसक्दा चराको संख्या घटेको बताउँछन् । आरक्षले कसरी व्यवस्थापन गर्ने भनेर सरोकारवाला निकायसँग छलफल गरेर दीर्घकालीन योजनाअनुसार काम गर्नु पर्ने मन्सुरीको जोड छ ।

कोशी टप्पु वन्यजन्तु आरक्ष प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा भने सिमसार क्षेत्र मासिँदै जानुले चराको संख्या घट्न थालेको बताउँछन् । उनी भन्छन्, ‘कोशी टप्पुमा अधिकांश चरा पानीमा बस्ने रमाउने प्रजातिका छन् । पर्याप्त जलाशय क्षेत्रको व्यवस्थापन गर्न सके चराको संख्या घट्नमा केही हदसम्म रोक्न सकिन्छ ।’

खतिवडाले चराको स्वर्गको रूपमा चिनिएको कोशी टप्पुलाई सुन्दरतामा कमि आउन नदिन कार्यालयले थप गृहकार्य गर्नेसमेत आश्वासन दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १२ : ०९ बजे

हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर

जेन-जी आन्दोलनका घाइतेको विवरण पठाउन अन्तिम सूचना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको

सडक र सञ्जालको डर, ब्यालेटको भर

नेपालको राजनीतिक परिदृश्यमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन एउटा ऐतिहासिक

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय