खच्चडको भरमा खाद्यान्न ढुवानी « Khabarhub

खच्चडको भरमा खाद्यान्न ढुवानी


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ ।

जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन ।

सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्‍याउँदा चर्को मूल्य तिर्न बाध्य  छन् ।

दिनुहँ खाद्यान्नको मूल्य बजारमा बढिरहनु र बजारको चामल, नून, तेललगायतको दैनिक प्रयोग हुने खाद्यान्न गाउँपालिकाको केन्द्र मुनादेखि चर्को शुल्क तिरेर खच्चडको भरमा ढुवानी गर्दा गुर्जावासी दोब्बर मूल्यमा दैनिक उपभोग्य बस्तु उपभोग गर्दै आएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

सदरमुकाम बेनीदेखि गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारीसाधनमा चार घण्टादेखि सात घण्टासम्म समय लाग्छ । यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था र रोजगार नभएका परिवारलाई आयातित खाद्यान्न महँगो मूल्यमा उपभोग गर्न बाध्य गुर्जाका जनता रहेको अध्यक्ष छन्त्यालले बताए ।

खाद्यान्न मात्र होइन, कमजोर आर्थिक अवस्था भएका परिवारमा कोही बिरामी भए भने स्थानीयवासीले बोकेर ल्याउनुपर्ने समस्या झनै बढी पीडादायी छ । सडक सञ्जाल नपुगेको ठाउँमा मात्र होइन, पुगेको ठाउँमा वर्षायामको समयमा खच्चडमा ढुवानी गर्न बाध्य छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १ : ४० बजे

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका