नृत्य सूत्रको पुस्तक ‘नृत्य सूत्र तथा लिपि’ सार्वजनिक « Khabarhub

नृत्य सूत्रको पुस्तक ‘नृत्य सूत्र तथा लिपि’ सार्वजनिक


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुला लिखित ‘नृत्य सूत्र तथा लिपी’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । थापागाउँस्थित लेखनकुञ्जमा आयोजित कार्यक्रममा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य श्याम तमोट, प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्मा, जगदम्बाश्री सम्मान विजेता भैरवबहादुर थापा र गोस्ट राइटिङका अध्यक्ष कमल ढकालले पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्माले शिवराम कासुलाले दुर्लभ काम सम्पन्न गरेको धारणा राखेकी थिइन् । ‘दुई वर्षअघि हाम्रै संस्थाको नेतृत्वमा यो विषयमा छलफल पनि भएको थियो । त्यतिबेला पनि मलाई उहाँले कठिन मेहनतको काम गर्नुभएछ भन्ने लागेको थियो’ उनले भनिन्, ‘अहिले हेर्दा पनि त्यही लाग्छ । यसले नेपाली नृत्यको अभिलेखीकरणमा मद्दत पुर्याउला नै , यो विदेशीका लागि पनि उत्तिकै महत्वपूर्ण दस्तावेज बन्छ भन्ने विश्वास छ ।’

भर्खरै ‘नृत्याक्षर विज्ञान’बाट जगदम्बाश्री प्राप्त गरेका ९० वर्षीय भैरवबहादुर थापाले कासुलाको कृतिलाई विश्वकै पहिलो भनेर दाबी गरिहाल्न नमिल्ने भए पनि नृत्य विधामा यस्तो किताब आउनु सुखद रहेको धारणा राखेका थिए । उनले ६१ वर्ष लगाएर आफूले किताब निकालेको जानकारी गराउँदै शिवरामको किताबले नृत्य व्याकरणको कमीलाई पूरा गर्ने विश्वास व्यक्त गरे ।

पुस्तक विश्वकै पहिलो हो कि हैन भन्ने कुरा आफूले निक्र्यौल गर्न नसकेपनि कमेसकम नेपालमा यस्तो किताब पहिलोपल्ट प्रकाशित भएको संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटको दाबी थियो ।

लेखक शिवराम कासुलाले भने आफूलाई किताब तयार गर्न ३० वर्ष लागेको बताउँदै पुस्तकले अभ्यासमा रहेका नृत्यलाई भविष्यका लागि संग्रहित गर्न महत्वपूर्ण योगदान गर्न सक्ने विश्वास व्यक्त गरे ।

मन्त्री प्रेमबहादुर आलेले विश्वभर नै पहिचानको लहर चलेको बेलामा नेपालबाट नृत्यको आफ्नै लिपि आविष्कार हुनु र सार्वजनिक हुनु गर्वको विषय रहेको बताए । कार्यक्रममा मन्त्री आलेले सातैवटै प्रदेशका संस्कृति समेटिने पुस्तक प्रकाशनका लागि मन्त्रालयबाट पहल गर्ने घोषणा पनि गरेका थिए । समारोहमा पद्यकन्या क्याम्पसका नृत्य विभागका विद्यार्थीले समूहमा दुई थरी नृत्य पनि प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १ : ०९ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा