इलाममा कृषिजन्य वस्तुको निकासी र आम्दानी घट्यो « Khabarhub

इलाममा कृषिजन्य वस्तुको निकासी र आम्दानी घट्यो


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट निर्यात हुने सामग्रीको आम्दानी १०४.३ प्रतिशतले बढेको छ । तर, निर्यातमा मुख्य हिस्सा ओगट्ने कृषिजन्य वस्तुबाट प्राप्त हुने आम्दानी भने ह्वात्तै ओरालो लागेको छ ।

नेपालबाट निर्यात हुने अलैची, चिया, अदुवालगायतका वस्तुको ओरालो लागेको हो । भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल, पोलिष्टार तथा धागो, ऊनी, गलैचा, जुटलगायतका सामानको निकासीबाट प्राप्त हुने आम्दानी वृद्धि हुँदा मुलुकमै उत्पादन र प्रशोधन भएर निर्यात हुने कृषिजन्य वस्तुको निकासीबाट भित्रिने आम्दानी भने ओरालो लागेका हो ।

नेपालमै उत्पादन र प्रशोधन भएर बिक्रीका लागि विदेश निर्यात गरिने चियाको निकासीबाट प्राप्त हुने आम्दानी ह्वात्तै घटेको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ साउनदेखि मंसिरसम्मको तुलानामा चालू आव २०७८/७९ को साउनदेखि कात्तिकसम्ममा ४७.१७ प्रतिशतले ह्रास आएको वैदेशिक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ ।

आव २०७७/०७८ पहिलो चार महिनामा ७४ लाख दश हजार तीन सय ८६ किलो तयारी चिया निर्यात भएको थियो । त्यसको निर्यातबाट दुई अर्ब ३३ करोड चार लाख र ४७ हजार रुपैयाँ आम्दानी भएको थियो । तर, चालू आव २०७८/७९ को पहिलो चार महिनामा ४२ लाख ५२ हजार सात सय २३ किलो तयारी चिया विदेश निर्यात भएको छ ।

यति परिमाणमा चियाको निर्यात हुँदा एक अर्ब २३ करोड ११ लाख ४५ हजार रुपैयाँ मात्रै आम्दानी भएको छ । अघिल्लो वर्ष चैत वैशाखमा रोकिएको चिया पछि निर्यात भएकाले आर्थिक वर्षको पहिलो चार महिनामा धेरै चिया निर्यात भएको देखिएको केन्द्रीय चिया उत्पादक सहकारी संघका महासचिव रवीन राई बताउँछन् ।

‘पोहोर चैत वैशाखका बेला स्याम्पल पास भएको चिया पनि पछि मात्रै गयो, त्यही भएर साउनयता चिया निकासी बढेको थियो’, उनले भने, ‘यो पटक नियमित रूपमै चिया निकासी भइरहेको छ, उत्पादन घटेर निकासी कम भएको होइन ।’ मंसिरयता भने भारतीय अवरोधका कारण चिया निकासी कम भएको राईले बताए ।

नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुमध्ये अग्रणी स्थान ओगट्ने अलैंचीको निकासीबाट हुने आम्दानीमा २१ प्रतिशतले कमी आएको छ । आव २०७७/७८ को साउन-कात्तिक महिनाको अवधिमा २५ लाख ६२ हजार २४ किलो अलैंची विदेश निर्यात हुँदा दुई अर्ब तीन करोड ४५ लाख २५ हजार रुपैयाँ रकम आम्दानी भएको थियो । चालू आव २०७८/७९ मा भने १८ लाख ९६ हजार ६५० किलो अलैंचीको निकासी गर्दा एक अर्ब ६० करोड, ६० लाख ५७ हजार रुपैयाँ आम्दानी भएको व्यपार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

नेपालमा अलैंचीको उत्पादनमा कमी आएको र यो सिजनमा भारतमा अलैंची उत्पादन भएकाले नेपालबाट हुने अलैचीको निकासी घटेको व्यवसायी बताउँछन् । ‘असोजदेखि मंसिरसम्म भारतको आसाममा उत्पादन भएको अलैंची बजारमा आउँछ, भारतीय उत्पादन नै बजारमा आएपछि नेपालमा यसको माग कम भएको हो’, अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले थपे, ‘अर्को नेपालमा अलैचीको भाउ बढेकाले पनि नेपाली अलैचीको माग कम भएको हुन सक्छ ।’

नेपालमा अहिले अलैचीको भाउ चार वर्षयताकै उच्च छ । एक साताअघिसम्म नेपाली बजारमा प्रतिमन (४० किलो) अलैचीको मूल्य ५० हजार रुपैयाँ थियो । अहिले भने अलैचीको भाउ घट्दै गएको छ । अहिले प्रतिमन अलैंची ४२ हजार रुपैयाँका दरले किनबेच भइरहेको कार्कीले बताए । अघिल्लो वर्ष यो सिजनमा प्रतिम अलैचीको मूल्य २४-२५ हजार रुपैयाँ थियो ।

अदुवाको निर्यातसमेत कमजोर भएको छ । अदुवाको विदेश निर्यातबाट प्राप्त हुने आम्दानी २९ प्रतिशतले कम भएको हो । अदुवाको विदेश निर्यात हुने परिमाणमा धेरै कम नभए पनि यसको बिक्रीबाट हुने आम्दानी भने कम भएको हो । अघिल्लो आव २०७७/७८ मा ३९ लाख ५० हजार ७०० किलो अदुवा निकासी भएकोमा आव २०७८/७९ मा भने ३८ लाख १८ हजार ६० किलो अदुवा निकासी भएको छ । तर, अघिल्लो आवमा अदुवा निर्यातबाट २१ करोड ९९ लाख ४९ हजार रुपैयाँ आम्दानी भएको थियो । चालू आवमा भने १५ करो ४५ लाख ४६ हजार रुपैयाँ मात्र आम्दानी भएको तथ्यांक छ ।

अघिल्लो सिजनको तुलनामा अदुवाको मूल्यमा गिरावट आएकाले निर्यातबाट हुने आम्दानीसमेत कम भएको व्यवसायी बताउँछन् । अघिल्लो वर्ष यही सिजनमा २५ सय रुपैयाँ प्रतिमनका दरले किनबेच भएको अदुवाको भाउ अहिले प्रतिमनको ५-६ सय रुपैयाँ मात्रै छ । ‘भाउ नभएकाले धेरैले अदुवा खनेका पनि छैनन्’, उद्योग वाणिज्य संघ इलामका वरिष्ठ उपाध्यक्षसमेत रहेका व्यवसायी कृष्ण पौडेलले भने,‘ खेतालाको रोज पनि नधान्ने भाउ छ कस्ले अदुवा खन्छ ?’

सरकारले कृषिउपजलाई समेत विदेश नियकासीयोग्य वस्तुको सूचीमा राखेको छ । निकासीयोग्य वस्तुमा सूचीकृत उपजलाई निर्यात बढाउन बजार प्रवर्द्धन गर्ने भनिएको छ । कच्चा पदार्थको रूपमा नेपाल भित्रिएर निकासी हुने वस्तुको निकासी ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  २ : ०८ बजे

जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड

काठमाडौँ – वातावरणीय प्रभावका असर नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै

‘सरकारले अपाङ्गता भएकाहरुलाई उपेक्षा गरेको गुनासो’

काठमाडौँ – स्पाइनल इन्जरी अर्थात मेरूदण्डको पक्षघात पीडितहरुले सरकारले आफूहरुलाई

इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड काठमाडौँ फाइनलमा

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने