नयाँ ‘मिष्टर नेपाल’को खोजी « Khabarhub

नयाँ ‘मिष्टर नेपाल’को खोजी


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्सपोज नेपालले आयोजना गर्दै आएको पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’ को नयाँ संस्करण आयोजना हुने भएको छ ।

यसपटक यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले गर्दैछ । आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ का लागि आवेदनसमेत खुल्ला गरेको छ ।

नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तीमा १८ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगिताको अडिसन आगामी माघको दोस्रो सातादेखि सुरु हुँदैछ । यो वर्षबाट आयोजकले बिभिन्न जिल्लामा आयोजना हुने स्थानीय सौन्दर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ ।

‘मिष्टर वर्ल्ड’ मा नेपालको सहभागीता अझ दर्विलो बनाउन र प्रतियोगीतालाई थप उचाइ दिने उद्देश्यका साथ आफ्नो संस्था ‘मिष्टर नेपाल’ मा जोडिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए । प्रतियोगीताको शिर्ष विजेताले ‘मिष्टर वर्ल्ड २०२२’ मा सहभागिताको अवसरको अलवा बिभिन्न उपहार समेत हात पार्नेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  २ : १३ बजे

८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ

काठमाडौं– नेकपा एमालेका ८७.६ प्रतिशत नेता तथा कार्यकर्ताले पार्टीको अध्यक्ष

गरिबी न्यूनीकरणमा सघाउन विज्ञहरू संसारभर पठाउने चीनको प्रस्ताव 

निङ्सिया– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको पूर्वाधार विकास र आर्थिक

कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य 

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका

पछिल्लो २४ घण्टामा विपद्का ३१ घटना, ३ जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३१ वटा विपद्का घटना भएका