हिमानी शाहमाथि पनि खनिए कमल थापा « Khabarhub

हिमानी शाहमाथि पनि खनिए कमल थापा


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाको अध्यक्षमा पराजित भएपछि निर्वतमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् । हालै पार्टीको सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेपछि थापा पूर्वराजपरिवारमाथि खनिएका हुन् ।

महाधिवेशनको नेतृत्व चयनका लागि भएको मतदानको परिणाम आइतबार बिहान आएसँगै थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह लागिपरेको भन्दै आक्रोश व्यक्त गरे ।

तर, यसको केही घण्टापछि निवर्तमान अध्यक्ष थापा ज्ञानेन्द्रकी छोराबुहारी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार बिहान ८ः४२ बजे हिमानीले राप्रपा अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मुलुकले सच्चा राष्ट्रवादी नेता पाएको बताइन् ।

हिमानी ट्रष्टको अध्यक्ष उल्लेख गरिएको हिमानी शाह ट्वीटर ह्याण्डलमा आइतबार बिहान ८ः४२ बजे ट्वीट गरिएको थियो– अवसरबाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना । राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ ।

लिङ्देनको जितलाई मुलुकले राष्ट्रवादी नेता पाएको उल्लेख गरेपछि निर्वतमान अध्यक्ष थापाले पनि ट्वीटरबाटै हिमानीलाई मेन्सन गर्दै अब चाँडै राजसंस्था पुनर्स्थापित हुने हुँदा हिमानी शाहलाई हार्दिक बधाई तथा शुभकामना भनेर जवाफ दिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  २ : ५६ बजे

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु

भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी बेपत्ता

काठमाडौं– परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब