साताको पहिलो दिन सेयर बजार ७० अंकले ओरालो « Khabarhub

साताको पहिलो दिन सेयर बजार ७० अंकले ओरालो


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारमा भारी गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र मौद्रिक नीति समीक्षाप्रति लगानीकर्ताको असन्तुष्टिले बजार ओरालो लागेको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७२.३० अंकले घटेर २५१३.८८ अंकमा झरेको छ । यसदिन २२६ कम्पनीका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भई ४ अर्व ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार नेप्सेसँगै सबै समूहगत परिसूचक पनि घटेका छन् । सबैभन्दा बढि फाइनान्स समूह ४.५४ प्रतिशतले घटेको छ ।

गत साताभरमा पनि नेप्से करिब डेढ सय अंकले घटेको थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार एउटा बैंकबाट प्रति ऋणी चार करोड र सम्पूर्ण बैंकबाट कुल १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने व्यवस्था छ ।

यसैगरी मौद्रिक नीतिले नै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा-निक्षेप (सिडी) अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएसँगै बजारमा तरलता अभाव भएको छ भने व्याजदर पनि बढेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : ४९ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र