तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍यो प्रस्ताव आह्नवान « Khabarhub

तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍यो प्रस्ताव आह्नवान


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्व पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको छ । एक वर्ष अवधिको निक्षेपका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ ।

कुल निक्षेपमध्ये दुई अर्व ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख राष्ट्रियस्तरका विकास बैंकलाई र १५ करोड २५ लाख फाइनान्स कम्पनीलाई छुट्याइएको छ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आगामी बुधबारसम्म व्याजदरसहितको प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

निक्षेप लिन बैंक सञ्चालनमा आएको दुई वर्ष पूरा भएको हुनुपर्ने, निष्क्रिय कर्जा कुल सापटीको ५ प्रतिशतभन्दा कम रहेको, नाफामा रहेको, घरजग्गा कर्जा सिमाभित्र रहेको हुनुपर्नेलगायतका सर्तहरू तोकिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : २७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने