प्रदेश १ र लुम्बिनीमा पौडेल समूहको अग्रता « Khabarhub

प्रदेश १ र लुम्बिनीमा पौडेल समूहको अग्रता


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस प्रदेश अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । अधिवेशन भएका ६ वटा प्रदेशमध्ये ३ वटा प्रदेशको अन्तिम परिणाम आइसकेको छ । दुई प्रदेशमा मतगणना जारी छ भने एक प्रदेशमा पुनः मतदान भइरहेको छ ।

मतगणना जारी रहेका लुम्बिनी प्रदेश र प्रदेश १ मा पौडेल समूहले अग्रता लिएको छ । लुम्बिनीमा ६१५ मत गणना हुँदा सभापतिमा अमरसिंह पुन मगरले ३४४ र अर्का सभापतिका उम्मेदवार भरत कुमार शाह २१६ मत पाएका छन् । यो प्रदेशमा करिब ११ सय मत खसेको छ । यी दुई उम्मेदवारबीच मतान्तर १२८ को रहेको छ ।

पुन पौडेल समूहका हुन् भने शाह पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।

यस्तै प्रदेश एकमा सभापतिका उम्मेदवार पौडेल समूहका गुरुराज घिमिरेले सुरुआती अग्रता लिएका छन् । १६० सय मत गणना हुँदा घिमिरेले ८३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी देउवा समूहका उद्धव थापाले ७० मत पाएका छन् । थापा सिटौला–देउवा समूहका उम्मेदवार हुन् ।

मतपरिणाम आएका तीन प्रदेश मध्ये २ प्रदेशमा देउवा समूहले जितेको छ भने एक प्रदेशमा पौडेल समूहले जितेको छ । सुदूरपश्चिम प्रदेशमा देउवा निकट विरबहादुर बलायर र कर्णालीमा ललितजंग शाहीले सभापतिमा जित हात पारेका छन् ।

उता गण्डकी प्रदेशमा पौडेल समूहका शुक्रराज जोशीले जित हात पारेका छन् । वागमती प्रदेशमा भने पुनः मतदान भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि पुनः मतदान भएको हो । देउवा निकट इन्द्र बानियाँ र पौडेल निकट जगदिश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भइरहेको छ ।

उता प्रदेश २ मा भने क्षेत्रीय अधिवेशन नै हुन नसकेकाले प्रदेश अधिवेशन हुन सकेको छैन।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : २१ बजे

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र