प्रदेश १ र लुम्बिनीमा पौडेल समूहको अग्रता | Khabarhub Khabarhub

प्रदेश १ र लुम्बिनीमा पौडेल समूहको अग्रता


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस प्रदेश अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । अधिवेशन भएका ६ वटा प्रदेशमध्ये ३ वटा प्रदेशको अन्तिम परिणाम आइसकेको छ । दुई प्रदेशमा मतगणना जारी छ भने एक प्रदेशमा पुनः मतदान भइरहेको छ ।

मतगणना जारी रहेका लुम्बिनी प्रदेश र प्रदेश १ मा पौडेल समूहले अग्रता लिएको छ । लुम्बिनीमा ६१५ मत गणना हुँदा सभापतिमा अमरसिंह पुन मगरले ३४४ र अर्का सभापतिका उम्मेदवार भरत कुमार शाह २१६ मत पाएका छन् । यो प्रदेशमा करिब ११ सय मत खसेको छ । यी दुई उम्मेदवारबीच मतान्तर १२८ को रहेको छ ।

पुन पौडेल समूहका हुन् भने शाह पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।

यस्तै प्रदेश एकमा सभापतिका उम्मेदवार पौडेल समूहका गुरुराज घिमिरेले सुरुआती अग्रता लिएका छन् । १६० सय मत गणना हुँदा घिमिरेले ८३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी देउवा समूहका उद्धव थापाले ७० मत पाएका छन् । थापा सिटौला–देउवा समूहका उम्मेदवार हुन् ।

मतपरिणाम आएका तीन प्रदेश मध्ये २ प्रदेशमा देउवा समूहले जितेको छ भने एक प्रदेशमा पौडेल समूहले जितेको छ । सुदूरपश्चिम प्रदेशमा देउवा निकट विरबहादुर बलायर र कर्णालीमा ललितजंग शाहीले सभापतिमा जित हात पारेका छन् ।

उता गण्डकी प्रदेशमा पौडेल समूहका शुक्रराज जोशीले जित हात पारेका छन् । वागमती प्रदेशमा भने पुनः मतदान भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि पुनः मतदान भएको हो । देउवा निकट इन्द्र बानियाँ र पौडेल निकट जगदिश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भइरहेको छ ।

उता प्रदेश २ मा भने क्षेत्रीय अधिवेशन नै हुन नसकेकाले प्रदेश अधिवेशन हुन सकेको छैन।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : २१ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास