के हो दादुरा ? यस्ता हुन्छन् लक्षण « Khabarhub

के हो दादुरा ? यस्ता हुन्छन् लक्षण


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दादुरा मिजल्स नामक भाइरसको संक्रमणबाट लाग्ने रोग हो । दादुरा अतिसंक्रामक रोग भएकोले यस रोगले महामारी गराउन सक्दछ । खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ । यो संक्रमण भएको सातदेखि चौध दिनमा लक्षण देखिन्छ ।

लक्षण
ज्वरो आउने
खोकी लाग्ने
सिँगान बग्ने
आँखा रातो हुने

दादुरा भएम ज्वरो आएको २४ घण्टापछि गिँजामाथिको मुख भित्रको छालामा कनिका जस्तो सानो सानो फोका आउने गर्दछ । ज्वरो आएको चार दिन जति पछि अनुहार, घाँटी, ढाड, हातखुट्टामा रातो दानाहरु आउने हुन्छ ।

कसरी सर्छ ?
– संक्रमित व्यक्तिबाट यो रोग अति नै सजिलोसँग फैलिन सक्छ ।
– रोगीले हाछ्युँ गर्दा, खोक्दा सजिलै यो भाइरस अरु व्यक्तिमा फैलिन्छ ।
– घन्टौँसम्म वातावरणमा बाच्न सक्ने भएकाले यो भाइरस हावाबाट (न्युन मात्रामा) पनि सर्न सक्छ ।
– हातले संक्रमित सतह छोएर नाक, आँखा, मुख छुँदा सजिलै सर्न सक्छ ।

दादुराबाट हुने जोखिम
कान पाक्ने
पखाला लाग्ने
निमोनिया हुने
मष्तिक सुन्निने
कान नसुन्ने
बच्चाहरुको ज्यान जान सक्छ
गर्भवति महिलाको बच्चा सानो र समय भन्दा पहिले जन्मने

यसको उपचार लक्षण अनुसार हुन्छ । यसबाट जोगिने उत्तम उपाय खोप नै हो । त्यसैले चिकित्सकको परामर्श अनुसार बालबालिकालाई दादुराविरुद्धको खोप लगाउनु पर्दछ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ५ : ५९ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा