‘एउटा यस्तो प्रेम कहानी’ मा शक्ति र कविताको रोमान्स (भिडियो) « Khabarhub

‘एउटा यस्तो प्रेम कहानी’ मा शक्ति र कविताको रोमान्स (भिडियो)


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।

मंगलवार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा फिल्मको गीत सार्वजनिक गरियो । गीतको भिडियोमा कविता मानन्धर र शक्ति श्रेष्ठको शीर्ष भूमिका छ ।

कविता अभिनेत्री करिष्मा मानन्धरकी छोरी हुन् भने शक्ति अभिनेता शिव श्रेष्ठका छोरा हुन् ।

यी दुईले ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेका हुन् ।

साथै फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुसाल, शिव श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

दिनेश सापकोटाको निर्देशनमा तयार भएको यो फिल्म माघ १ गतेदेखि प्रदर्शन गरिने फिल्म टिमले जनाएको छ ।

शीर्ष गीतमा सुष्मा रुपाबाङ राईले लेखेकी हुन् भने वसन्त सापकोटाले संगीत निर्देशन गरेका हुन् ।

यस्तै गीतमा रिकेश गुरुङको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ छ । साथै गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर सुन्न सकिन्छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  २ : ३५ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ