विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रधानमन्त्री पोखरेल


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता  ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

सिन्धुलीमा आज पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटमा उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले पार्टी एकता, कम्युनिष्ट एकता, देश र जनताको हितका लागि आवश्यक रहेको उल्लेख गर्दै विभाजित नहुन आह्वान गरे ।

विगतमा कम्युनिष्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत भएको उनको टिप्पणी छ ।

‘पार्टी एकताका पक्षमा गरेका सम्झौता र केके कार्यान्वयन भए, नभएका किन भएनन् भनेर जान म पार्टी नेतृत्वलाई आग्रह गर्दछु,’ नेता पोखरेलले भने ।

आरोपप्रत्यारोपले कम्युनिष्ट आन्दोलनका उपलब्धि पूरा नहुने भएकाले नेतृत्वलाई कसैलाई तुच्छ वचनले गाली नगर्न समेत उनले आग्रह गरे ।

पार्टीको बैठक महासचिवले अध्यक्षको सहमतिमा बोलाउने र निर्णय गर्ने विधि भएकाले केपी शर्मा ओली अध्यक्ष भएको पार्टी नै वैधानिक भएको जिकिर उनको छ ।

तत्कालीन नेकपा(एमाले)ले २०७२ सालको भूकम्पबाट खुला आकाशमुनि बस्न बाध्य सयैँ नागरिकलाई घर बनाएर बासको व्यवस्था गराएको स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले देश र जनता कोरोनाले ग्रस्त भएका बेलामा पार्टी कहाँ थियो भनी प्रश्न गरे ।

सरकारले राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा गरेका कामको प्रचार गर्न आग्रह गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने महान् अभियानमा लाग्न तथा आवेग र उत्तेजनाको पछि नलाग्न कार्यकर्तालाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  २ : ५५ बजे

रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिनेछौँ : मोदी

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता

नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले

क्रसबोर्डर पेमेन्टका लागि नेपाल-भारतबीच सम्झौता

काठमाडौँ– नेपाल र भारतबीच क्रसबोर्डर पेमेन्टका लागि समझदारी पत्रमा हस्ताक्षर

‘नेपालसँगको सीमा समस्या समाधान गर्छौँ’

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा समस्याको समाधान

नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सहमत

काठमाडौँ– नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत