विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रधानमन्त्री पोखरेल


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता  ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

सिन्धुलीमा आज पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटमा उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले पार्टी एकता, कम्युनिष्ट एकता, देश र जनताको हितका लागि आवश्यक रहेको उल्लेख गर्दै विभाजित नहुन आह्वान गरे ।

विगतमा कम्युनिष्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत भएको उनको टिप्पणी छ ।

‘पार्टी एकताका पक्षमा गरेका सम्झौता र केके कार्यान्वयन भए, नभएका किन भएनन् भनेर जान म पार्टी नेतृत्वलाई आग्रह गर्दछु,’ नेता पोखरेलले भने ।

आरोपप्रत्यारोपले कम्युनिष्ट आन्दोलनका उपलब्धि पूरा नहुने भएकाले नेतृत्वलाई कसैलाई तुच्छ वचनले गाली नगर्न समेत उनले आग्रह गरे ।

पार्टीको बैठक महासचिवले अध्यक्षको सहमतिमा बोलाउने र निर्णय गर्ने विधि भएकाले केपी शर्मा ओली अध्यक्ष भएको पार्टी नै वैधानिक भएको जिकिर उनको छ ।

तत्कालीन नेकपा(एमाले)ले २०७२ सालको भूकम्पबाट खुला आकाशमुनि बस्न बाध्य सयैँ नागरिकलाई घर बनाएर बासको व्यवस्था गराएको स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले देश र जनता कोरोनाले ग्रस्त भएका बेलामा पार्टी कहाँ थियो भनी प्रश्न गरे ।

सरकारले राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा गरेका कामको प्रचार गर्न आग्रह गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने महान् अभियानमा लाग्न तथा आवेग र उत्तेजनाको पछि नलाग्न कार्यकर्तालाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  २ : ५५ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक