काठमाडौँ उपत्यकामा थपिए २३३ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए २३३ कोरोना संक्रमित


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७२ महिला र १६१ पुरुष गरी २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र ९८ हजार ७८ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ। हालसम्म ९५ हजार १८२ सय जना निको भएका छन्।

ललितपुरमा १५ हजार ४५४ जना संक्रमित भएका छन्। जसमा १४८ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ९७७ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ९७४ संक्रमितमध्ये १०९ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७३७ जना निको भएका छन्।

आज काठमाडौंमा २ हजार ४२० ललितपुरमा ३२९ र भक्तपुरमा १२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ५ : ३५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार