२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?  « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? 


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको जानकारी दिएको छ । जसमध्ये गत २४ घण्टामा ४०९ संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार हाल देशभर ५ हजार १३३ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये प्रदेश १ को झापामा २ र मोरङमा ११ जना रहेका छन् ।

यसैगरी प्रदेश २ को धनुषामा १, पर्सामा २ र बारामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा १५९, काभ्रेमा ६, चितवनमा १७, दोलखामा ६, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, रामेछापमा १, ललितपुरमा ५० र सिन्धुलीमा १ जना संक्रमित थपिएका हुन ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २७, गोरखामा १, तनहुँमा २, नवलपरासी पूर्वमा ४, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ४, गुल्मीमा ५, दाङमा ४, नवलपरासीमा ५, पाल्पामा ७, बर्दियामा १, बाँकेमा १२, रोल्पामा ३ र रुपन्देहीमा २५ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैनन भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ र कैलालीमा ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : ०७ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको