केपी ओली 'राजनीतिक क्यान्सर' हुन् : डा. भट्टराई (भिडियोसहित) | Khabarhub Khabarhub

केपी ओली ‘राजनीतिक क्यान्सर’ हुन् : डा. भट्टराई (भिडियोसहित)


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानभन्दा माथि रहेर समग्र व्यवस्थामाथि नै ‘कू’ गरेको आरोप लगाएका छन ।

संसद विघटनविरुद्ध काठमाडौँमा भएको कार्यक्रममा नेता भट्टराईले दुईतिहाइ बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली ‘राजनीतिक क्यान्सर’ भएको समेत आरोप लगाए ।

उनले भने, ‘नेकपाभित्र पलाएका क्यान्सरलाई पालेर राख्नुभयो भने तपाइँलाई त खान्छ खान्छ, यो राजनीतिक क्यान्सरले हामीलाई पनि खाने खतरा हुन्छ ।’

हेरौँ भिडियो

यसैबीच कार्यक्रममा कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको एउटा पांग्रो भत्काएको तर्क गरे । बहुमतको प्रधामन्त्रीले पनि संसद् विघटन गर्न नपाउने व्यवस्था गरेको भन्दै उनले असंवैधानिक कदमको विरुद्धमा आन्दोलन जारी रहेको तर्क गरे ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ८ : १२ बजे

हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छ : अध्यक्ष शर्मा

 गोदावरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतन्त्र बलियो भए

 प्रभावकारी नीतिगत व्यवस्था गर्न सुझाव

पाटन– युवालाई रोजगारीसँग जोड्ने गरी दीर्घकालीन प्रभावकारी नीतिगत व्यवस्था गर्न

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक– सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र

अनेरास्ववियु (क्रान्तिकारी)को तीन महिने अभियान सुरु

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन