कतार र साउदीबीच सिमाना खोल्ने निर्णयको नेपालद्वारा स्वागत « Khabarhub

कतार र साउदीबीच सिमाना खोल्ने निर्णयको नेपालद्वारा स्वागत


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले साउदी अरेबिया र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनः खुला गर्ने निर्णयको स्वागत गरेको छ ।

खाडी सहयोग परिषद् (जीसीसी) को मङ्गलबार भएको शिखर बैठकबाट दुई देशबीचका सिमाना पुनःखोल्न गरिएको निर्णयलाई महत्वपूर्ण कदम भन्दै नेपाल सरकारले यसबाट परिषद्को सदस्य राष्ट्रका समाधान गर्न बाँकी मुद्दालाई निष्कर्षमा पु¥याउन तथा खाडी क्षेत्रको स्थायित्व र सहयोग प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रलयले आज एक विज्ञप्ति जारी गरी परिषद्का सबै सदस्य राष्ट्रसँग नेपालको सुमधुर सम्बन्ध रहेको बताउँदै नेपाल सरकार र नेपाली जनताले खाडी क्षेत्रमा सधैँ शान्ति, प्रगति एवं विकासको कामना गरेका जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ९ : ३६ बजे

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको