कन्टेनर बाहिरिन नसक्दा भन्सार यार्डमा ठाउँको अभाव | Khabarhub Khabarhub

कन्टेनर बाहिरिन नसक्दा भन्सार यार्डमा ठाउँको अभाव


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– अन्तर्राष्ट्रिय नाकाका रुपमा रहेको मुलुककै पहिलो सिर्सिया सुख्खा बन्दरगाहबाट कन्टेनर बाहिरिन नसक्दा हाल दुई हजार ६३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको छ । तीमध्ये कतिपय कन्टेनर खाली अवस्थामा रहेको बताइएको छ ।

वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको मुलुकको बन्दरगाहमा कोरोना सङ्क्रमणकाल देखि नै कन्टेनर थन्किएको अवस्थामा रहेको सो कार्यालयले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिका अनुसार लकडाउनको समयमा तेस्रो मुलुकबाट सामान लिएर कलकता बन्दरगाह हुँदै रेलमार्गबाट आएका कन्टेनर जाँचपासको अभावमा बाहिरिन नसक्दा त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको शाखा अधिकृत तर्कराज जोशीले बताए ।

अहिले भन्सार यार्डमा थन्किएर रहेका दुई हजार ६३९ कन्टेनरमध्ये केही कन्टेनर बाहिरिने प्रक्रियामा रहेका छन् भने अन्य कन्टेनर भन्सार जाँचपास नहुँदा बाहिरिन सकेका छैनन् । एउटा रेलमा ९० कन्टेनर हुने गरेको र अहिले दैनिक तीन रेल आउने गरेका छन् । पुरानो थन्किए रहेका कन्टेनर बाहिर निस्कन नसक्दा यसको प्रभाव भन्सार यार्डमा पर्न गएको छ ।

पाँच वर्षका लागि सुख्खा बन्दरगाहको रु ३३३ करोडमा ठेक्का पाएको ठेकेदार कम्पनी प्रिष्टिना भ्यालीले लिएको छ । सो बन्दरगाहमा सामान उठाउने रिचस्टेकर मेशिन चार वटा छन् । हिमालय टर्मिनलले इन्टर मोडललाई दिने भनिएको थप चार रिचस्टेकर मेशिनमध्ये तीन बनिसकेका र एउटा मेशिनको मर्मत सम्भार भइरहेको छ । समयमा सो मेशिन नदिँदा कन्टेनर लोड अनलोडमा समस्या परेको छ ।

दिनप्रतिदिन रेलमार्गमार्फत सुख्खा बन्दरगाहमा आउने कार्गोको सङ्ख्या बढदै गइरहेको अवस्थामा पर्याप्त रिचस्टेकर मेशिनको अभावमा कन्टेनर समयमा उठन नसकेपछि यस्तो अवस्था आएको हो । बन्दरगाह सञ्चालक भारतीय कम्पनी प्रिस्टाइन भ्यालीसँग रहेका चार रिचस्टेकरले मात्रै काम गर्ने गरेका कारण रेल्वे र्‍याक आए पनि उक्त मेशिनले उद्योगी व्यापारीको मालसामान ट्रकमा लोड अनलोड गर्न छाडेर रेल्वे र्‍याकका कन्टेनर खाली गर्नमा प्रयोग गर्ने गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : २२ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन