चोरको पुस्तकमा किम कार्दशियन « Khabarhub

चोरको पुस्तकमा किम कार्दशियन


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हलिउड टेलिभिजन स्टार किम कार्दसियनको घरमा पाँच वर्ष अघि ७० करोड बराबरको चोरी भएको थियो । सन् २०१६ मा किमसँगै पेरिसको गन प्वाइन्टमा एक समूहले लुटपाट मच्चाएको थियो ।

यो घटनापछि किमले प्रहरीमा निवेदन दिएकी थिइन् । पाँच वर्ष पछि यो घटनामा संलग्न एक आरोपीले यही घटनामा आधारित रहेर पुस्तक तयार पारेका छन् ।

६७ वर्षका युनिस अब्बासले आफ्नो पुस्तक ‘आइ किडनेप्ड किम कार्दशियन’ मा किमको घर चोरी गर्दाको घटनाक्रमलाई प्रस्तुत गरेका हुन् ।

अब्बासले आफूले त्यो समयमा किमलाई नचिन्ने गरेको बताए । सोहीकारण आफू यो लुटपाटमा संलग्न भएको खुलाएका छन् । ‘म जब किमको घर भित्र छिरें, त्यहाँ पुग्दा यो घर पक्कै पनि कुनै ठूलो स्टारको हो जस्तो लाग्यो । म यति धेरै धनी महिलाको घरमा चोरी गर्न जाँदैछौं भन्ने मलाई थाहा थिएन,’ अब्बासले भनेका छन्, ‘चोरी गर्दा मैले किमलाई खाटमा बाँधेर चोर्ने काम गरेको थिएँ ।’

अब्बासका अनुसार यो घटना भइरहँदा किम र उनको निजी सहायकले पटक पटक ९११ मा फोन गर्ने प्रयास गरेका थिए । तर उनीहरु पेरिसमा भएकाले त्यो नम्बरको केही अर्थ थिएन ।

‘किमले हामी कसैलाई मार्न नभई चोर्नमात्र आएको थाहा पाएपछि उनले हाम्रो सबै कुरा मानिन् । हामीले निकै छिटो चोर्ने काम गरेका थियौं ।

भित्र पसेर बाहिर निस्कँदा सम्म करिब ७ मिनेटमा सबै काम गरिसकेका थियौं । हामीलाई कसैले रोक्न खोजेनन्, त्यहीकारण पनि सजिलो भएको थियो’, उनले भनेका छन् ।

युनिस ती १२ व्यक्तिमध्ये एक हुन्, जो अपहरण मुद्दामा पक्राउ परेका थिए । उनले किम यति लोकप्रियता बारे पहिले थाहा पाएको भए उनको घरमा चोरी नगर्ने दाबी गरेका छन् । उनका अनुसार उनको त्यो ‘ग्राण्ड ड्याड रोबर्स’ समूहमा ६० देखि ७२ वर्षका वृद्ध आबद्ध थिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १ : २० बजे

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला