चोरको पुस्तकमा किम कार्दशियन | Khabarhub Khabarhub

चोरको पुस्तकमा किम कार्दशियन


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हलिउड टेलिभिजन स्टार किम कार्दसियनको घरमा पाँच वर्ष अघि ७० करोड बराबरको चोरी भएको थियो । सन् २०१६ मा किमसँगै पेरिसको गन प्वाइन्टमा एक समूहले लुटपाट मच्चाएको थियो ।

यो घटनापछि किमले प्रहरीमा निवेदन दिएकी थिइन् । पाँच वर्ष पछि यो घटनामा संलग्न एक आरोपीले यही घटनामा आधारित रहेर पुस्तक तयार पारेका छन् ।

६७ वर्षका युनिस अब्बासले आफ्नो पुस्तक ‘आइ किडनेप्ड किम कार्दशियन’ मा किमको घर चोरी गर्दाको घटनाक्रमलाई प्रस्तुत गरेका हुन् ।

अब्बासले आफूले त्यो समयमा किमलाई नचिन्ने गरेको बताए । सोहीकारण आफू यो लुटपाटमा संलग्न भएको खुलाएका छन् । ‘म जब किमको घर भित्र छिरें, त्यहाँ पुग्दा यो घर पक्कै पनि कुनै ठूलो स्टारको हो जस्तो लाग्यो । म यति धेरै धनी महिलाको घरमा चोरी गर्न जाँदैछौं भन्ने मलाई थाहा थिएन,’ अब्बासले भनेका छन्, ‘चोरी गर्दा मैले किमलाई खाटमा बाँधेर चोर्ने काम गरेको थिएँ ।’

अब्बासका अनुसार यो घटना भइरहँदा किम र उनको निजी सहायकले पटक पटक ९११ मा फोन गर्ने प्रयास गरेका थिए । तर उनीहरु पेरिसमा भएकाले त्यो नम्बरको केही अर्थ थिएन ।

‘किमले हामी कसैलाई मार्न नभई चोर्नमात्र आएको थाहा पाएपछि उनले हाम्रो सबै कुरा मानिन् । हामीले निकै छिटो चोर्ने काम गरेका थियौं ।

भित्र पसेर बाहिर निस्कँदा सम्म करिब ७ मिनेटमा सबै काम गरिसकेका थियौं । हामीलाई कसैले रोक्न खोजेनन्, त्यहीकारण पनि सजिलो भएको थियो’, उनले भनेका छन् ।

युनिस ती १२ व्यक्तिमध्ये एक हुन्, जो अपहरण मुद्दामा पक्राउ परेका थिए । उनले किम यति लोकप्रियता बारे पहिले थाहा पाएको भए उनको घरमा चोरी नगर्ने दाबी गरेका छन् । उनका अनुसार उनको त्यो ‘ग्राण्ड ड्याड रोबर्स’ समूहमा ६० देखि ७२ वर्षका वृद्ध आबद्ध थिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १ : २० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला