राजनीतिक स्थिरता कायम गर्न निर्वाचन : मन्त्री श्रेष्ठ « Khabarhub

राजनीतिक स्थिरता कायम गर्न निर्वाचन : मन्त्री श्रेष्ठ


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन ।

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई आग्रह गरे ।

निर्धारित समयमा चुनाव हुन नसकेमा देश सङ्कटको भुमरीमा पर्ने बताउँदै मन्त्री श्रेष्ठले देश र जनताका पक्षमा क्रियाशील सरकारलाई घेराबन्दी गरिएका कारण समस्या आएको विचार व्यक्त गरे ।

प्रदेशसभा सदस्य डा अजयक्रान्ति शाक्यले स्थानीय विकास र समृद्धिका लागि सामूहिक सहभागिताको खाँचो रहेको बताए ।

कुमारी क्लबका अध्यक्ष नकुल हमाल ठकुरीले करीब रु २६ लाखको लागतमा उक्त हल निर्माण गरिएको जानकारी दिए । निर्वाचन क्षेत्र नं ९ को निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट उक्त हल निर्माण गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ५ : ३६ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा