चौदण्डीगढीको पोष्टमा आर्मीको ९ गोल « Khabarhub

चौदण्डीगढीको पोष्टमा आर्मीको ९ गोल


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो राउन्डमा चौदण्डीगढी नगरपालिका उदयपुरमाथि ९–० को सहज जित हात पारेको छ।

आर्मीको जीतमा रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन्। एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको दोस्रो राउन्डको पहिलो खेलमा आर्मीको फराकिलो जितमा शर्मिला थापाले २ तथा भुजुङ्गा राई र अन्जली वाइवाले १ गोल थपिन्। आर्मीले १ गोल उपहार पाएको थियो।

पहिलो राउन्डमा १२–० ले हारेको चौदण्डीगढीले सुधारिएको खेल देखाएको थियो। ४ भारतीय खेलाडीलाई मैदान उतारेको चौदण्डीगढीले सुधारिएको खेल देखाएपनि आर्मी विरुद्ध अंक बटुल्न सकेन्।

आर्मीका लागि १९ औं मिनेटमा रश्मी घिसिङले गोलको खाता खोलेकी थिइन्। गोलरक्षक अञ्जना राना मगरको प्रहारमा शर्मिला थापाले मिलाइदिएको पासमा घिसिङले सेन्टर एरियाबाट एक्लै बल अघि बढाउँदै गोल गरेकी थिइन्।

२३औं मिनेटमा रश्मी घिसिङको पासमा शर्मिला थापाले सहजै फिनिस गर्दै आर्मीको अग्रता दोब्बर बनाइन्। ३९औं मिनेटमा कर्नर प्रहारबाट बनेको अवसरलाई डिबक्स भित्रबाट जाली चुमाउँदै शर्मिलाले व्यक्तिगत दोश्रो गरिन्। पहिलो हाफमा ३–० ले पछि परेको चौदण्डीगढीले दोश्रो हाफमा थप ६ गोल व्यहोर्न पुग्यो।

५२औं मिनेटमा रश्मी घिसिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन्। सेन्टरबाट गरेको थ्रो इनलाई एक्लै अघि बढाउँदै डिबक्स भित्रबाट उत्कृष्ट फिनिस गरिन्। ​६०औं मिनेटमा रश्मीले ह्रयाट्रिक पुरा गरिन्। शर्मिलाको पासमा चौदण्डीगढीको डिफेन्डरलाई चिर्दै रश्मीले ह्रयाट्रिक गरेकी हुन।

६३ औं मिनेटमा रश्मी घिसिङले व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौं गोल गर्दै आर्मीलाई ६–० ले अघि बढाइन्। ७८ औं मिनेटमा सब्सिच्युट भुजङ्गा राईले फ्रिकिकमा सिधै गोल गर्दै आर्मीलाई ७–० ले अघि बढाइन्।

८८औं मिनेटमा अञ्जली वाइवाले वान भर्सेस वानको अवस्था गोलरक्षक दिपशिखा विश्वकर्मालाई बिट गराउँदै डिबक्स बाहिरबाट गोल गरिन्। ९०औं मिनेटमा हेमा चौधरीको प्रहार चौदण्डीगढीकी एइमित लेप्चाको खुट्टामा लाग्दै आत्मघाती गोल भएपछि आर्मीले खेल ९–० ले जित्यो।

यो जितसँगै दोस्रो स्थानमा रहेको आर्मीको ७ खेलबाट १६ अंक पुगेको छ। शीर्ष स्थानमा रहेको अपराजित एपीएफको १८ अंक छ। पराजित चौदण्डीगढीले अंकको खाता खोल्न सकेको छैन। लिगमा आइतबार दुई प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा विराटनगर र चन्द्रपुर तथा दोस्रो खेलमा पुलिस र वालिङ भिड्नेछन्‌।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : १० बजे

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

दाङ– दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा

काठमाडौं– नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न

कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च