राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा « Khabarhub

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म आयोजना हुने ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक संस्था टाइगर ग्रुप अफ पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गरी रङ्गशालाभित्रको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी आठ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने तय भएको ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

उनकाअनुसार प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा न्यू डाइमण्ड एकेडेमी काठमाडौँले प्रतिष्पर्धा गर्नेछन् भने पुरुषतर्फ आयोजक गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगिताका माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

‘राउण्ड रोविन लिग’का आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०/२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने ग्रुपका सचिव प्रकाश बरालले जानकारी दिए ।

प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर रु १०० तोकिएको छ भने सेमिफाइनलका लागि रु १५० र फाइनल खेलका लागि २०० रहेको छ । वर्षभरी नियमित खेलकूद प्रतियोगिता भइरहने पोखरामा कोभिड–१९ पछि लामो समय खेलकूद गतिविधि ठप्प रहेको थियो । गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकूद क्षेत्र खुला गर्ने निर्णय गरेपछि यहाँ खेल प्रशिक्षण शुरु भएकामा विस्तारै प्रतियोगिता शुरु हुन लाग्दा खेलाडी तथा खेलप्रेमी उत्साहित भएका छन् ।

कोरोनाले फुटबल, भलिबललगायत खेलका प्रतियोगिता करीब नौ महिना रोकिएकामा माघ अन्तिमदेखि रङ्गशालामा प्रतियोगिताका धमाधम मिति तोकिएकाले खेलकूद चहलपहल बढेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले बताए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : ३० बजे

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित