प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसका शुभेच्छुक संस्थाले गरे प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसका शुभेच्छुक संस्थाले गरे प्रदर्शन (भिडियोसहित)


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाहरूले आज काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् ।

कांग्रेसको तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत शुभेच्छुक संस्थाहरूले मुलुकभर विरोध प्रदर्शन गरेका हुन । यसैबीच काठमाडौँ उपत्यकामा कांग्रेसका भ्रातृसंगठनले टुँडिखेल घेराउ गरे ।

विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि समूह–समूहमा जम्मा भएर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् ।

दुई तिहाइ बहुमतको सरकारले जतनाको दैनिकीलाई सहज बनाएर कोभिड–१९ को भ्याक्सिन प्रवन्ध गर्नुपर्ने अवस्थामा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्दा मुलुकलाई ठूलो आर्थिक व्ययभार परेको भन्दै विरोध गर्नुपरेको उनीहरुको भनाइ छ ।

उनीहरुले सरकार देशमा भएका समस्याहरूप्रति गैरजिम्मेवार र संवैधानिक र विधिको शासनप्रति संवेदनशील नभएको तथा उत्तरदायी नभएको आरोप पनि लगाएका छन् ।

हेरौँ भिडियो

कांग्रेसका शुभेच्छुक संस्थाहरूले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्नुलाई भर्त्सना गर्दै जनताको सर्वोत्तम हितको रक्षा, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकारको रक्षा र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि सबैसँग अपिल गरेको छ ।

यसअघि कांग्रेसका भातृसंगठनहरूले प्रतिनिधिसभा विघटनको विरोधमा माघ १९ गते देशभर विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : ५३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर