प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसका शुभेच्छुक संस्थाले गरे प्रदर्शन (भिडियोसहित) « Khabarhub

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसका शुभेच्छुक संस्थाले गरे प्रदर्शन (भिडियोसहित)


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाहरूले आज काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् ।

कांग्रेसको तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत शुभेच्छुक संस्थाहरूले मुलुकभर विरोध प्रदर्शन गरेका हुन । यसैबीच काठमाडौँ उपत्यकामा कांग्रेसका भ्रातृसंगठनले टुँडिखेल घेराउ गरे ।

विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि समूह–समूहमा जम्मा भएर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् ।

दुई तिहाइ बहुमतको सरकारले जतनाको दैनिकीलाई सहज बनाएर कोभिड–१९ को भ्याक्सिन प्रवन्ध गर्नुपर्ने अवस्थामा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्दा मुलुकलाई ठूलो आर्थिक व्ययभार परेको भन्दै विरोध गर्नुपरेको उनीहरुको भनाइ छ ।

उनीहरुले सरकार देशमा भएका समस्याहरूप्रति गैरजिम्मेवार र संवैधानिक र विधिको शासनप्रति संवेदनशील नभएको तथा उत्तरदायी नभएको आरोप पनि लगाएका छन् ।

हेरौँ भिडियो

कांग्रेसका शुभेच्छुक संस्थाहरूले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्नुलाई भर्त्सना गर्दै जनताको सर्वोत्तम हितको रक्षा, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकारको रक्षा र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि सबैसँग अपिल गरेको छ ।

यसअघि कांग्रेसका भातृसंगठनहरूले प्रतिनिधिसभा विघटनको विरोधमा माघ १९ गते देशभर विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : ५३ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति