गोरखामा भारी हिमपात, जनजीवन प्रभावित « Khabarhub

गोरखामा भारी हिमपात, जनजीवन प्रभावित


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखामा गए रातिदेखि वर्षातसँगै भारी हिमपात भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा गए रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूनावस्ती हिउँले ढाकिएको छ ।

सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामा गाउँलगायत क्षेत्र हिउँले ढाकिएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेका छन् । वृद्धवृदा र बालबालिकालाई बढी समस्या भएको साम्दोका स्थानीयवासी दोर्जे लामाले जानकारी दिए ।

उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिले पनि हिमपात भइरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए । “लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा भारी हिमपात भइरहेको छ”, उनले भने, “हिजो अबेरसम्ममा फिलिमपारी रहेको पाङसिङ माथिको डाडाँसम्म हिउँ परेको भन्ने जानकारी आएको छ ।”

हिमपातका कारण उच्च पहाडी भेगका गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल सेताम्य र मनमोहक देखिएका छन् । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ ।

हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ । आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिँउ पर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

कृषक उत्साहित

लामो समयपछि परेको हिमपातका कारण उत्तरी गोरखाका कृषक उत्साहित भएका छन् । हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए ।

अग्ला गाउँबस्तीमा हिमपात र अली होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुशी हुनुका साथै अन्नबालीका लागि सुविकाल शुरु भएको कृषकको भनाइ छ । कृषका अनुसार जिल्लाभरि नै गए रातिदेखि शुरु भएको वर्षात्सँगै भएको हिमपातका कारण आलु, गहुँ, जाँै, उवालगायत अन्नबाली सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको छ ।

रोग हट्ने विश्वास

यसपटक वर्षात्सँगै परेको हिमपातका कारण रोगव्याधि हट्ने विश्वास गरिएको छ । लामोसमय खडेरी पर्दा धुलोका कारण रुघाखोकीका बिरामी बढेकाले यो पटकको वर्षात्ले जमीन भिजेर धुलो हटेको स्थानीवासीको भनाइ छ ।

तीव्र गतिमा हावा चल्ने गाउँबस्तीमा प्रत्येक दिन धुलो उडेर चारैतिर फैलने गरेरकाले मान्छे बिरामी पर्ने गरे पनि अब बाटाघाटामा धुलो नउड्ने र रोगव्याधि पनि हट्ने उनीहरुको विश्वास छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : २३ बजे

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई