बर्दीमा ‘दम्भ’ देखिनु हुन्न : आईजीपी क्षेत्री « Khabarhub

बर्दीमा ‘दम्भ’ देखिनु हुन्न : आईजीपी क्षेत्री


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले आफूलाई प्रहरी अधिकारीभन्दा पनि चिकित्सकको रुपमा बुझेर मानवीय सेवा गर्नुपर्ने बताएका छन्।

नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल र विपन्नको लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा अस्पतालमा भएको रक्तदान समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरक्षिक थापाले युनिफर्मले कतिपय अवस्थामा दम्भ सिर्जना गर्ने तर चिकित्सक पेशाले निस्कामभाव माग्ने बताए ।

उनले युनिफर्म (बर्दी)को कारण चिकित्सा पेशामा दम्भ आउन नहुनेमा जोड दिए । उनले नागरिकको सेवा गरेबापत प्रहरीलाई आत्मसन्तुष्टि प्राप्त हुने उल्लेख गर्दै अस्पतालबाट प्रदान हुने सेवामा कमि आउन नदिन नेपाल प्रहरी अस्पतालमा कार्यरत चिकित्सकलाई निर्देशन दिए ।

कोभिड–१९ का कारणले रक्तदान नहुँदा धेरै अस्पतालमा रगतको अभाव भइरहेको अवस्थामा यहाँ रक्तदान भएको हो । सहभागीले युवा जमात सामाजिक कार्यमा सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

अस्पतालका मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले आपसी सहकार्यमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरेकी थिइन् । कार्यक्रममा १०६ पुरुष र २४ महिला गरी कुल १३० जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : १८ बजे

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

बागलुङ– विकासका हिसाबले ओझेलमा परेको बागलुङकाे रामतोला गाउँ जोड्ने सडक

भीर मौरीको मह काढ्ने सिजन : परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणको चर्चा

मनाङ– विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भीर मौरीको मह सिकार गर्ने

एक हजार रुख कटान गरिँदै

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज