मुलुकभरका आज यी स्थानमा कटौती हुँदैछ विद्युत « Khabarhub

मुलुकभरका आज यी स्थानमा कटौती हुँदैछ विद्युत


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मर्मत सम्भारको काम गर्नु पर्ने भन्दै नेपाल विद्युत प्राधिकरणले आज पनि मुलुकभरका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ ।

सुर्खेत वितरण केन्द्रको बजार फिडर अन्तर्गत कञ्चनपुरको शिवालय चोकको ट्रान्सफर्मर सिफ्टिङ गर्नु पर्ने भएकाले त्यस क्षेत्रका कपासे, इत्राम तथा शंखर चोकलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

यस्तै ललितपुरको लगनखेल वितरण केन्द्रको हरिसिद्दी फिडर मर्मतसम्भार गर्नु पर्ने भएकाले ढलोट कारखाना, हात्तीबन, एरावत टोल, धापाखेल तथा हरिसिद्दी क्षेत्रमा मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

ललितपुरकै पुल्चोक वितरण केन्द्रका क्षेत्रमा आज पोल सार्नु पर्ने भएकाले बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रका फुलबारी चोक, भैसेपाटी आवास क्षेत्र, महतो मार्ग, पुरानो वडा कार्यालय, ऋषि मन्दिर क्षेत्र, एक डाँडा, नक्खुडोला, तालिम केन्द्र, रेडियो नेपाल टावर, गोकुल आवास, वाई वाई चोक, खड्का गाउँ, खोकना दोबाटो, डिस होम, कार्य बिनायक हाउजिङ लगायतका क्षेत्रमा ४ घण्टा विद्युत कटौती हुनेछ ।

यस्तै काठमाडौँको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत बाँसबारी फिडरको कपन मार्गमा रहेको ट्रान्सफर्मर मर्मत गर्नु पर्ने भएकाले त्यस क्षेत्रमा विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

उक्त वितरण केन्द्र अन्तर्गतका महाराजगञ्ज कपन मार्ग पिपलबोट गंगालाल हस्पिटल लगायतका क्षेत्रमा दिउँसो २ बजेदेखि ३ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २० र २५ का विभिन्न स्थानमा पनि आज विद्युत कटौती हुँदैछ । चनौली अमृत चोक क्षेत्रमा ११ केभी लाइन अपग्रेड गर्नु पर्ने भएकाले त्यस क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

बराको निजगढ क्षेत्रमा रहेको चुपर सवस्टेशन मर्मत गरिने भएपछि बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत कटौती हुने भएको छ ।

विराटनगरको वितरण केन्द्र अन्तर्गत कञ्चनबारी वितरण केन्द्रको मर्मत सम्भार हुने भएपछि त्यस क्षेत्रको वडा नम्बर २,३,४,८ र ९ मा  विहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

गण्डकी प्रदेशका कास्की, म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पनि बिहान १० बजेदेखि १ बजेसम्म विद्युत कटौती हुँदैछ । लेखनाथ सबस्टेशनमा १३२ केभी विद्युतको बस बार एक्स्टेन्स गर्नु पर्ने भएकाले विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ७ : ४२ बजे

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने