मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा झारिँदै, प्रधानमन्त्रीले अवलोकन गर्ने « Khabarhub

मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा झारिँदै, प्रधानमन्त्रीले अवलोकन गर्ने


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  १२ दिनअघि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छाडिएको पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झारिने भएको छ ।

फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट छाडिएको पानी २६ किलोमिटर सुरुङ पार गर्दै प्रशोधन केन्द्रमा आइपुगेको हो । १२ दिनको बीचमा मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी सजगता अपनाइएको थियो ।

परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ ।

परीक्षण सफल भएसँगै तीन महिनाभित्रै काठमाडौँमा मेलम्चीको पानी उपलब्ध गराउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो अवलोकन गर्ने तयारी भएको समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए ।

गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : २८ बजे

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने