महालक्ष्मी साहित्य पुरस्कार डा. लम्साललाई « Khabarhub

महालक्ष्मी साहित्य पुरस्कार डा. लम्साललाई


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती- यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष लम्साललाई प्रदान गरिने भएको हो ।

पुरस्कार नगद राशि रु ५१ हजारसहित सम्मानपत्र रहने छ । गतवर्षसम्म रु २१ हजार एकको रहेको महालक्ष्मी साहित्य पुरस्कारको राशि यस वर्षबाट वृद्धि गरी रु ५१ हजार बनाइएको बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व निभाउँदै बैंकले साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको पराजुलीले जानकारी दिनुभयो ।

यही फागुन २९ गते एक कार्यक्रमको आयोजना गरी महालक्ष्मी साहित्य पुरस्कारबाट डा लम्साल, मातृभूमि राष्ट्रिय सम्मान २०७७ बाट कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान २०७७ बाट इतिहास लेखक केदारप्रसाद न्यौपानेलाई सम्मान गरिने छ । सोही दिन कवि दिनेश शर्मा न्यौपानेको कविता सङ्ग्रह विमोचन गरिनेछ ।

यसैबीच मातृभूमी साहित्य समाज मकवानपुरले आगामी फागुन २८ गते शुक्रबार एक कार्यक्रम आयोजना गरी विभिन्न विधिमा १५ साहित्य सम्मान प्रदान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

कोरोनाका कारणसहित विभिन्न समस्याले प्रदान गर्न बाकी रहेका गत वर्षका सम्मान र पुरस्कार यसै वर्ष प्रदान गरिने गरी कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष माधव पोख्रेलले जानकारी दिए ।

अन्य पुरस्कार मातृभूमि राष्ट्रिय पुरस्कार, २०७७ बाट संयुक्तरुपमा नाट्यकर्मी सुनिल पोखरेल र निशा शर्मा पोखरेललाई, ईश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७५ बाट गजलकार पुष्प अधिकारी, ईश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७६ बाट मिथिला नाट्यकला परिषद्, नित्य गोविन्द स्मृति–मातृभूमि सङ्गीत पुरस्कार २०७६ बाट बाबु क्षेत्रीलाई प्रदान गरिने छ ।

यसैगरी श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार २०७६ बाट समाजसेवी राजकुमार सिंधी, होमनाथ बलदेवी–मातृभूमि छन्द साहित्य सम्मान २०७७ बाट साहित्यकार केशवराज आमोदी, मायादेवी–मातृभूमि पुरस्कार २०७७ बाट कवि अनुराधा शर्मा प्रदान गरिने भएको हो ।

त्यस्तै शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार २०७६ बाट प्राडा नारायणप्रसाद खनाल र २०७७ बाट सुवर्णबहादुर थापा, हातेमालो–मातृभूमि युवा सिर्जनशील साहित्य सम्मान २०७७ बाट सुवास खनाल, क्षेत्रबहादुर स्मृति–मातृभूमि सम्मान २०७७ बाट कवि डा.गणेशकुमार पौडेललाई प्रदान गरिने छ ।

यसैगरी राजकुमार स्मृति–मातृभूमि सम्मान २०७७ बाट आसाम निवासी कृष्णविक्रम राणा, केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७७ बाट सुवर्णलाल श्रेष्ठ, झलकबहादुर बानियाँ स्मृति जीवन सङ्घर्ष मातृभूमि सम्मान २०७७ बाट विसु लामा र मङ्गलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७ बाट दिव्या चौलागाईलाई प्रदान गरिने भएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ३२ बजे

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने