फरार तीन अभियुक्त पक्राउ | Khabarhub Khabarhub

फरार तीन अभियुक्त पक्राउ


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अदालतबाट कैद तथा जरिवाना फैसला भई फरार रहेका तीन जना झापाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुई जना सवारी ज्यान मुद्दामा कैद फैसला भएका व्यक्ति हुन् भने एक जना बहुविवाहका प्रतिवादी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका गौरीगञ्ज ३ का दिपक राय मण्डलविरुद्ध २०७५ मंसिर ११ गते सवारी ज्यान मुद्दामा १ महिना कैदको फैसला भएको थियो ।

त्यस्तै सोहि मुद्दाका सिन्धुली कमलामाई २ का हेमकुमार कामी पनि पक्राउ परेका छन् । उनलाई २०७६ कातिक २७ गते १ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।

यस्तै झापा अर्जुनधारा ४ का नरेन्द्रनारायण चौधरी पनि पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा २०७५ पुष १७ गते उनलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

अदालतको फैसला पछि उनीहरु फरार रहेको र प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको उनले जनाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ४३ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका