वैज्ञानिक फोहोर व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया « Khabarhub

वैज्ञानिक फोहोर व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– ओमानस्थित नेपाली दूतावासले वैज्ञानिक फोहोर व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक वेभिनार कार्यक्रम सम्पन्न गरेको छ ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपालका ६ वटै महानगरपालिका तथा ओमानमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको ओमानको सरकारी कम्पनी अल वियाको सहभागिता थियो ।

ओमानका लागि नेपालको राजदूत शर्मिला पराजुली ढकालले उद्‍घाटन मन्तव्यसँगै शुरू भएको कार्यक्रमको अतिथि ललितपूर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दूतावासको पहललाई धन्यवाद प्रकट गर्दै सबै देश र शहरको अत्यावश्यकीय पाटो फोहोर व्यवस्थापनमा यस वेभिनारबाट सहभागीहरूको क्षमता वृद्धि हुने विश्वास लिएको बताए ।

कार्यक्रमका अर्का अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरवागीले पनि आफ्नो भनाइ राख्दै फोहोर व्यवस्थापनको क्षेत्रमा पहिलो पटक यस्तो संयुक्त कार्यक्रमको आयोजना भएकोले दूतावासलाई धन्यवाद दिए ।

त्यसैगरी ओमानको सरकारी कम्पनी अल वियाका कार्यकारी उपाध्यक्ष मोहम्मद सुलेमान अल हार्थीज्यूले कार्यक्रमको सान्दर्भिकताका बारेका आफ्ना भनाइहरू राख्दै यस्ता कार्यक्रमहरू तथा अन्य कुनै पनि किसिमका सहयोगको लागि आफू सँधै तत्पर रहेको बताएका थिए ।

मुख्य गरी फोहोर व्यवस्थापन सम्बन्धी अनुभव तथा कार्ययोजनाहरू आदानप्रदान गर्ने उद्देश्य रहेको सो कार्यक्रममा ओमानको तर्फबाट खामिस अल सियाबीजले ओमानले वैज्ञानिक फोहोर व्यवस्थापन सम्बन्धमा अवलम्बन गर्दै आएको अभ्यास तथा अनुभवहरू प्रस्तुत गरेका थिए ।

नेपालका तर्फबाट क्रमशः काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि कुमार श्रेष्ठ, ललितपूर महानगरपालिकाका ईन्जिनियर प्रदिप कुमार अमात्य, विराटनगर महानगरपालिकाका ईन्जिनियर घनश्याम काफ्ले, वीरगंज महानगरपालिकाका ईन्जिनियर राजीव सिंह, भरतपूर महानगरपालिकाका ईन्जिनियर बिराट घिमिरे तथा पोखरा महानगरपालिकाका सबिना गौतमले फोहोर व्यवस्थापनका क्षेत्रमा तत् तत् महानगरपालिकाहरूको विद्यमान अभ्यास तथा भविष्यको रणनीति सम्बन्धमा प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा अल विया कम्पनीका तर्फबाट क्षेत्रीय सञ्चालन प्रबन्धक अहमद मुबारक अल अरेमी, रणनीतिक प्रबन्धक फात्मा अल मुजैनी तथा नेपालका छ वटा महानगरपालिकाका मेयर, वरिष्ठ पदाधिकारीहरु तथा नेपाली दूतावासका कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको राजदूत पराजुली ढकालले बताइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ११ : ४० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज